मन्त्री यादवलाई बर्खास्त गर भन्दै मधेसमा यूवा संघका कार्यकर्ताको प्रदर्शन


जनकपुरधाम । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध यूवा संघ नेपालका कार्यकर्ता सडकमा उत्रेका छन् ।

राष्ट्रिय यूवा संघ जनकपुरधामका नगर अध्यक्ष कुश कुमार यादवको नेतृत्वमा आज जनकपुरधाममा मन्त्री यादवविरूद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागी यूवाहरुले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर, हत्यारा सरकार चाहिदैन, मापसे सरकार मुर्दावाद जस्ता नारा लगाएका छन् ।

कानुनलाई हातमा लिनुका साथै आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे कडा आन्दोलन गर्ने यूवा संघका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।

गौरको एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सीके राउत र उनका कार्यकर्तालाई मार्ने चेतावनी दिएकी थिइन् ।

हिंसात्मक अभिव्यक्तिका कारण मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको छ भने उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ