Big News- सिरहाका दुई संक्रमितको १० मिनेटकै अन्तरमा मृत्यू


टुडेखोज, लहान । सिरहाका दुई कोरोना संक्रमितको उपचारको क्रममा १० मिनेटकै अन्तरमा मृत्यू भएको छ ।

मृत्यू हुनेमा एक महिला र एक पुरुष छन् । सिरहा नगरपालिका १ का ८० वर्षका पुरुष र लहान नगरपालिका १९ की ६२ वर्षकी महिलाको कोरोना संक्रमणकै कारण १० मिनेटकै अन्तरमा मृत्यू भएको हो ।

उनी दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको १० मिनेटको अन्तरमा मृत्यू भएको पुष्टि स्पतालका सह(प्रवक्ता डाक्टर चुरामणी पोखरेलले गरे ।

उनका अनुसार एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु आज बिहान ११ बजेर ४५ मिनेटमा भएको हो ।

त्यस्तै, पुस २९ गते संक्रमण पुष्टि भएका सिराहका पुरुषको पनि बिहान ११ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

 

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ