पैसा ले, मलखाद दे भन्दै मधेसभरका पालिकामा किसानको प्रदर्शन


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ता र किसानहरुले किसान आन्दोलन अन्तर्गत आज खाली बोरा बोकेर मधेसभरका स्थानीय पालिकाहरुमा प्रदर्शन गरेका छन् ।

किसान र जनमतका कार्यकर्ताहरुले खाली बोरा बोकेर मेचीदेखि महाकालीसम्मका पालिकामा प्रदर्शन गरेका हुन् । उनीहरुले पैसा ले, मलखाद दे, भ्रष्ट कृषिमन्त्र राजीनामा दे, किसानको माग पुरा गर जस्ता नारा लगाएका छन् ।

सरकारले रुपैयाँ लिएर पनि मल दिन नसकेको अवस्था रहेकाले खाली बोरा बोकेर मधेसभरका पालिकामा आज प्रदर्शन गरिएको जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए । उनले भने( हामी सिरहाको औरही गाउँपालिकामा कार्यक्रम गरेका छौं ।

सरकारले किसानको माग पुरा गर्न चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय मन्त्रीलाई मधेसमा कालो झण्डा लगायतका विरोधका कार्यक्रम गर्दैै आएको छ । किसानको ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ