भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक


काठमाडौं । सरकारले खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै माघ १० गतेबाट लागू हुने गरि पर्यटक भिसामा जान रोक लगाइएको हो । अर्को आदेश जारी नभएसम्मका लागि उक्त निर्णय कायम रहने मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीबीच भिजिट भिसामा गएकाहरू खाडीमा अलपत्र भइरहेको गुनासो आएको भन्दै यस्तो निर्णय गर्नुपरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि भिजिट भिसाबाट खाडी छिर्ने क्रम बढ्दै गएको छ । कोरोना महामारीको बढ्दो संक्रमणका कारण त्यस्ता नेपाली समस्यामा पर्ने गरेका छन् । उक्त कार्यलाई रोक्नको लागि तत्काल रोक लगाइएको मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ