मधेसमा किन जलाइयो प्रधानमन्त्री देउवाको पुत्ला ?


जनकपुरधाम । मधेस प्रदेशमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । वीरगञ्जमा उनको पुत्ला आज साँझ जलाइएको हो ।

अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको बुझिएको छ । पेट्रलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा ओबीसीले प्रधानमन्त्री देउवाको पुत्ला जलाएको छ ।

वीरगञ्जको माईस्थान चोकमा प्रधानमन्त्री देउवाको पुत्ला जलाउँदै उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिए । प्रदर्शनमा उत्रेकाहरुले विवादास्पद अभिव्यक्ति दिएकी भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।

ओबिसी महासंघका केन्द्रिय अध्यक्ष तेज प्रकाश निषादको उपस्थितिमा प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो । उक्त प्रदर्शनमा ओबिसीका उपाध्यक्ष अकलेश साह, सहसचिव धनराज गुप्ता केन्द्रीय सदस्य राजेस सहनी, शंकर यादब, जिल्ला अध्यक्ष प्रमोद महतो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ