विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । उक्त खेल फेब्रुअरी १९ मा अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।

तेस्रो खेलमा नेपालको भेट क्यानाडाविरुद्ध हुनेछ । उक्त खेल भने ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा हुन्छ । समूह ए को ग्रुप २ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् ।

समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमफाइनलका खेल फेब्रुअरी २२ मा हुने र फाइनल २४ तारिखमा हुने खेल तालिका छ ।

प्रकाशित : २०७८ माघ ८, शनिबार ०६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ