कस्तो रहला आजको मौसम ? हेर्नुस्


काठमाडौं । शनिवार देशभर आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हरेक प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

त्यस्तै, शनिवार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ । देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ माघ ८, शनिबार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ