मधेस : यतिधेरै लागुऔषध सहित ३ जना पक्राउ


जनकपुरधाम । मधेसमा लागुऔषधको कारोबार र सेवन बढेको छ । सप्तरी प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ६ का २५ वर्षीय बैजु साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तीनै जनालाई बिहीबार राति करिब १० बजे सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ बरहीस्थित पूर्व-पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोबाट पक्राउ गरिएको छ ।

को २३ प २७७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा डाइलेक्स डिसी लेखिएको १०० एमएलको १ सय ९० बोतल, डाइजेपाम २ एमएल लेखिएको ९५ वटा इन्जेक्सन, फेनारगन २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल, लिगेसिक २ एमएल इन्जेक्सन ९५ एम्पुल बरामद गरिएको छ ।

प्रकाशित : २०७८ माघ ८, शनिबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ