लोसपा बिदेह नगरपालिका अध्यक्षमा मण्डल सर्वसम्मत, कोषाध्यक्षमा ठकनीदेवी


बिपिन यादव, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले धनुषाको बिदेह नगरपालिकामा नगर कमिटी घोषणा गरेको छ ।

लोसपा बिदेह नगरपालिकाको अध्यक्षमा प्रमोद मण्डल सर्वसम्मत चयन भएका हुन् । यस्तै नगर कमिटीको उपाध्यक्षमा दुई जना छोटन दाहा र मो. रसुल कबाडी चयन भएका छन् । कमिटीको कोषाध्यक्षमा ठकनीदेवी मण्डल र सचिवमा जिवछ दासलाई चयन गरिएको छ ।

रामानन्दी मण्डलको अध्यक्षतामा नगर कमिटी घोषणा गरिएको छ । उक्त कार्यक्रममा लोसपा नेपालको केन्द्रीय सहकारी विभागका संजय साह, लोसपा जिल्ला सदस्य उदय पाण्डे, इन्द्रनारायण मण्डल, बिब्यादेवी दास, यूवा नेताहरु बरुण मिश्र र बरुण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ माघ ८, शनिबार १०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ