सिरहा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः महासेठ चयन


लहान । सिराहा जिल्ला क्रिकेट संघको अध्यक्षमा सुनिककुमार महासेठ दोस्रो कार्यकालका निम्ति पुनः चयन भएका छन् ।

सिराहा सदरमुकाममा भएको दोस्रो साधारणसभाले महासेठको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा मनोजकुमार साह, सचिवमा विकलकुमार विष्ट, कोषाध्यक्षमा श्यामबाबु यादव चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा जितेन्द्रकुमार मण्डल, रमेशकुमार साह, अनिशलाल श्रेष्ठ, उमेशकुमार महासेठ, राकेशकुमार यादव, शंकर यादव र भरत कार्की सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत विनोदकुमार कर्णले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले दोस्रो साधारणसभा उद्घाटन गर्दै क्रिकेटको विकासमा जुट्न आग्रह गरेका थिए ।

सिराहा सदरमुकाममा जग्गा उपलब्ध भएमा क्रिकेट स्टेडियम निर्माण गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाए । सिराहामा क्यानमा आबद्ध १५ खेलाडीहरू रहेका छन् ।

प्रकाशित : २०७८ माघ ८, शनिबार २०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ