देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित भइसके !


काठमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।

पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै यत्ति धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ । तर संक्रमित अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

धेरै स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरुलाई अस्पताल भर्ना गर्नुपरेको छैन । पहिलो लहरको संक्रमण रोक्न आवश्यक रोकथामका उपायमा कमी थिए भने दोस्रो लहरमा स्रोत साधन भए पनि अक्सिजन तथा बेडको अभावले धेरैको ज्यान गएको थियो ।

पहिलो लहरमा १० जना स्वास्थ्यर्मीको मृत्यु भएको थियो भने ७ हजार ६९० जना संक्रमित बनेका थिए । त्यसैगरी दोस्रो लहरमा १ हजार ७७७ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो भने ४० जनाले ज्यान गुमाएका थिए ।

सेवा नरोकिए पनि स्वास्थ्यकर्मीको ड्युटी मिलाउन कठिन भइरहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमै हालसम्म ५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

अस्पतालका निर्देशक डा दिनेश काफ्ले भन्छन्, ‘धेरै जना स्वास्थ्यकर्मी संक्रमित भइरहेका छन् । सिफ्ट ड्युटी भएको स्टाफहरुलाई ड्युटी मिलाउन एकदमै कठिन भइरहेको छ । मिर्गौला प्रत्यारोपण, घुँडा प्रत्यारोपण एकदम कम संख्यामा भइरहेको छ ।’

स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेपछि अस्पतालले स्टाफ नभएका वार्ड खाली गरेर मर्ज गरेर चलाइएको उनले बताए । उनका अनुसार स्टाफ नै नपुगेर युरो वार्डको ओपीडी एकदिनका लागि बन्द नै गर्नुपरेको थियो ।

उपचारका लागि अस्पतालमा आउने लक्षणविहीन बिरामीको परीक्षण गर्दा धेरैमा पोजिटिभ देखिएको अस्पताल बताउँछ । डा काफ्लेले सेवाहरु प्रभावित भए पनि आवश्यक सेवा भने सञ्चालनमै रहेको बताए ।

उनले भने, ‘सजिलो पाटो के छ भने अक्सिजनको डिमाण्ड कम छ । इमरजेन्सीमा एकरदुई जनाबाहेक सबै स्टाफ पोजिटिभ छन् । त्यसले गर्दा चुनौती थपिएको छ ।ु आइसोलेसन अवधि पूरा गरी कतिपय चिकित्सकहरु काममा फर्किँदैछन् । समस्या भएपछि २५ जना स्वास्थ्यकर्मी थप गरेको डा काफ्लेले बताए ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पनि अहिले ४५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित छन् । संक्रमित बढे पनि सेवा नरोकेको अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले बताए ।

प्रकाशित : २०७८ माघ ८, शनिबार २१:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ