ओलीले भने- स्थानीय तहको निर्वाचन सार्ने धोखाधडी र बहानाबाजी स्वीकार्य छैन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संविधानका धाराको अपव्याख्या गरे सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न उद्यत रहेको आरोप लगाएको छ ।

गठबन्धनले चुनाव सार्ने योजना अन्तर्गत छलफल गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्य जारी गर्दै कुनै पनि हालतमा समयमै स्थानीय तहको चुनाव हुनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन ।

उनले संविधान एवम् कानुनको यस स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका कतिपय नेताहरूले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रपञ्च गरिरहेका आरोप लगाउँदै त्यसका लागि उनीहरूले संविधानको धारा २२५ को भ्रमपूर्ण व्याख्या गरिरहेका भनेका छन् ।

नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पनै नगरेको र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा खेलिरहेको ओलीले उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले समेत यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै २०७९ वैशाख १४ मा स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गरिसकेको उल्लेख गर्दै ओलीले यसलाई बेवास्ता गरिएको बताएका छन् ।

संविधानमा रहेको यति स्पष्ट व्यवस्थालाई ूस्थानीय तहको निर्वाचन पाँच बर्षे कार्यकाल पूरा भएको छ महिनाभित्र गर्नुपर्ने संवैधानिक व्यस्था रहेको भन्दै अपव्याख्या गरिदै आएको ओलीले उल्लेख गरेका छन् ।

स्पष्ट छ, संविधानको एउटा धारालाई अरु धाराबाट अलग गरेर अप्रासङ्गिक रूपले उल्लेख गर्दै स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्यत् देखिएको छु- वक्तव्यमा छ ।

गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड फ्याँके र यो प्रस्ताव कुनै असल मनशाय नभइ स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा एमाले स्पष्ट रहेको उल्लेख छ । हेर्नुस् पुरा वक्तव्य :

प्रकाशित : २०७८ माघ ९, आईतवार १३:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ