मधेश प्रदेशले सच्यायो राजपत्रमा प्रकाशित सूचना, राखियो चुच्चे नक्सा


जनकपुरधाम । मधेश प्रदेशले फेरि राजपत्र प्रकाशित गर्दै निशान छाप सच्याएको छ ।

प्रदेशको स्थायी राजधानी र नाम तोकेको सूचना जारी भएको राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन भएको थियो । प्रदेशले फेरि राजपत्र प्रकाशन गर्दै सच्याएको हो ।

माघ तीन गते प्रकाशन भएको राजपत्रमा पुरानै नक्सा राखेपछि सरकारको आलोचना भएको थियो । आइतबार प्रदेशले भुलवस त्रुटि भएकाले सच्याइएको भन्दै पुनः राजपत्र प्रकाशन गरेको हो ।

सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भलवश त्रृटि भएकाले सच्याइएको बताएका छन् । उनले सच्याएको राजपत्र सूचनाको तस्विर फेसबुकमा सार्वजनिक गरेका हुन् ।

प्रकाशित : २०७८ माघ ९, आईतवार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ