मधेसमा स्व. गजेन्द्रनारायण सिंहको २०औं स्मृति दिवस मनाइदै


काठमाडौं । समतावादी नेता एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको २०औं स्मृति दिवस मनाइँदैछ ।गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले सिंहको पुण्यतिथिको अवसरमा हरेक वर्ष काठमाडौंलगायत मधेशभरि विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको छ ।

सवै खाले उत्पीडन र विभेदका साथै मधेशीको अधिकारको लडाईको शुरुवात गर्दै मधेशी, महिला, जनजाती, मुस्लिम, दलित उपर हुने विभेद विरुद्ध मेची देखी महाकालीसम्म एकता यात्राको शुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लडन प्रेरित गरेका थिए ।

गजेन्द्रबाबुले शुरु गरेको मधेशीहरुको अधिकार प्राप्तिको लडाइ केही हदसम्म सार्थक भएको अध्ययन केन्द्रका संयोजक अनिल महासेठ बताउँछन् । उनी भन्छन्, ‘त्यसैको फलस्वरूप आज आंशिक रुपमै भए पनि हामीले मधेश प्रदेश पाएका छौं । उहाँको प्रेरणा र विभिन्न समयमा भएका विभेद विरुद्धको संघर्ष, आन्दोलन र महान वीर सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार थोरै भएपनि मधेशको मुद्दा स्थापित भएको छ ।’

सोही अनुरुप गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले उनको २०औं पुण्यतिथिको अवसरमा मधेश प्रदेश लगायत मधेश र देशको अन्य जिल्लाहरुमा पनि ’’ मधेश प्रदेश नामाकरण र गजेन्द्र नारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” गर्ने महासेठले बताए ।

महसेठले भनेका छन्, ‘नेपालमा रहेका दुई तिहाई आदिवासी जनजाति, मधेशी समुदायको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हक अधिकार, पहिचान र स्वाभिमानको लागि आजिवन संघर्ष गर्नुभएका पहिचानवादी नेता स्व.गजेन्द्र नारायण सिंहको पुण्यतिथिको अवसरमा उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।’

प्रकाशित : २०७८ माघ १०, सोमबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ