मधेस : ८२ किलो चाँदीसहित १८ करोडको समान बरामद


वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १८ करोड मूल्‍य बराबरको समान बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँको समान बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कार्यालय र ८ वटै जिल्ला प्रहरी कार्यालयले ६ महिनामा १ करोड ३५ लाख १४ हजार ५ सय ५५ रुपैयाँको किराना सामाग्री, ४१ लाख ८४ हजार १ सय २८ रुपैयाँ बराबरको विद्युतिय सामाग्री ८ करोड ३५ लाख ३९ हजार ९० रुपैयाँको सवारी साधन र पाटपुर्जा, ७ करोड ९६ लाख १२ हजार ८ सय ८३ रुपैयाँको लत्ता कपडा बरामद गरेको छ ।

यस्तै फेन्सी तथा अन्य समान, ९ लाख ८१ हजार १४ रुपैयाँको १ सय ९ ग्राम ७९४ मिलिग्राम सुन, र ७० लाख ६८ हजार ७ सय ८३ रुपैयाँको ८२ किलो १० ग्राम २७० मिलिग्राम चाँदी बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

अवैध कारोबारमा संलग्न १ सय ४ जना मानिस पनि प्रहरीले पक्रेर समान सहित आवश्यक कारबाहीका लागि नजिकका भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार २०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ