भ्रष्टाचारको आरोपमा वडा अध्यक्ष र सचिवलाई कालोमोसो दलियो


काठमाडौं । करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष र सचिवलाई कालोमोसो दलिएको छ ।

बझाङको बित्थडचिर गाँउपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई एक समूहले कालोमोसो दलेका हुन् । कालोमोसो दलेको जिम्मेवारी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

सो पार्टी अनेरास्वियु (क्रान्तिकारी)का कार्यकर्ताले वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष र सचिवलाई कालोमोसो दलेको बताइएको छ । कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको र मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।

भ्रष्टाचार गरेकाले वडाधयक्ष र सचिवलाई कालोमोसो दलेर कारबाही गरेको नेरास्वियु (क्रान्तिकारी)ले विज्ञप्ति जारी गरेरै जिम्मा लिएको छ । स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ