आज २०७८ माघ ११ गते मंगलबार, हेर्नुस् पञ्चाङ्ग र राशिफल


वि.सं. माघ ११, २०७८ । ई.सं. २५ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । मंगलबार माघ कृष्णपक्ष । तिथि- अष्टमी, २६:५९ बजे उप्रान्त नवमी । नक्षत्र- चित्रा, ८:२१ बजे उप्रान्त स्वाती । योग- धृति ७:१० बजेदेखि शूल, २८:३१ बजे उप्रान्त वृद्धि । करण- वालव १५:५४ बजेदेखि कौलव, २६:५९ बजे उप्रान्त वणिज । चन्द्रराशि तुला । आनन्दादि योग ध्वांक्ष । दिनमान २६।४४ । सूर्योदय ६:५६ । सूर्यास्त १७:३७ । भौमाष्टमीव्रत, गोरखकालीपूजा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक कार्यमा पनि मन जाला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित : २०७८ माघ ११, मंगलवार ०६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ