जन्ती बोकेको रथ दुर्घटना : २ जनाको मृत्यु, १३ जना घाइते


पर्सा : बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन् ।

ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो । आदर्श कोटवाल-३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

उनका अनुसार रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका-७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको ।

ब्राह्म बाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ तीव्र गतिका कारण अनियन्त्रित भई एउटा रुखमा ठोक्किएको स्थानीयहरूले बताएका छन् ।

बेहुला भने रथमा नचढेकाले सकुशल रहेको प्रहरीको भनाइ छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७८ माघ ११, मंगलवार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ