Breaking- सिरहामा बुवाले नै छोराको ह त्या गरेपछि…


जयनाथ यादव, लहान । सिरहामा बाबुले नै छोराको ह त्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका २ पटनामा बाबुले छोराको ह त्या गरेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार ६० वर्षीय सोनाई सदायले बंचरो प्रहार गरेर ३० वर्षीय छोरा प्रमेश्वर सदायको ह त्या गरेका छन् । सोनाईलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

ह त्याको कारण खुल्न सकेका छैन । डिएसपी बुढाथोकीले घरायसी विवादपछि घटना घटाएका बताएका छन् । थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित : २०७८ माघ ११, मंगलवार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ