महोत्तरीको पिपरा गाउपालिकामा अख्तियारको छापा


जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ ।

अख्तियार बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञवालीले पिपरा गाउपालिकाको कार्यालयमा छापा मारेर पुष्टि गरे । उनले उजुरीको आधारमा छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको पनि बताए ।

गाउँपालिकामा विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै ३२ वटा उजुरी परेको अख्तियारका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : २०७८ माघ ११, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ