जंगलमा भेटियो महिला र बच्चाको शव


बुटवल । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ ।देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा मंगलबार एक महिला र एक बालिकाको शव फेला परेको हो ।

पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ घनाजंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । मारेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ।

शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित : २०७८ माघ ११, मंगलवार २१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ