शिक्षक बढुवा प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त


काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले दरखास्त दिन सूचना जारी गरेको हो ।

आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको छ ।

आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ ।

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन् । आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

प्रकाशित : २०७८ माघ १२, बुधबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ