जनकपुरमा विहानैदेखि प्रदर्शन- पहिला खाद देऊ, अनि भोट खसाऊ


जनकपुरधाम । किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता र किसानहरुले आज विहानैदेखि जनकपुरमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरू हुन लागेकै बेला जनमतका कार्यकर्ता र किसानहरुले पहिला खाद दैऊ, अनि मात्रै भोट खसाऊ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहेपनि माग पुरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेका छन् ।

‘किसानहरू चिसोमा हरेक दिन आफ्ना माग राखेर आन्दोलन गर्न सडकमा उत्रिन्छन्’, जनमतका केन्द्रीय अध्यक्ष डा सीके राउतले फेसबुकमा लेखेका छन्, ‘तर त्यो चाहिँ तीनै तहको सरकारले नदेख्ने अनि मधेशमा आएर निर्वाचन गराउने? काठमाडौंमा बोलाएर निर्वाचन गर्न लगाउनुस्, हामीलाई मतलब छैन । तर मधेश आन्दोलित छ । यहाँ पहिला खाद दैऊ, अनि मात्रै भोट खसाऊ ।’

जनमत पार्टीले आज किसान आन्दोलनको मागबारे अवगत गराउन सबै प्रदेश सरकारलाई ज्ञापन-पत्र बुझाउने पनि जनाएको छ ।

प्रकाशित : २०७८ माघ १२, बुधबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ