नेपालमा पुरुषभन्दा महिलाको संख्या ७ लाख बढ्यो


काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुग्न सकेन । केन्दीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखिएको छ ।

जसमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

अघिल्लोपटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

प्रकाशित : २०७८ माघ १२, बुधबार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ