मधेसका मुख्यमन्त्री नभेटेपछि जनमत पार्टीका नेताले कर्मचारीलाई बुझाए ज्ञापनपत्र


जनकपुरधाम । जनमत पार्टीले मधेस सरकारलाई किसानसँग सम्बन्धित ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले नभेटेपछि जनमतका कार्यकर्ता कर्मचारीलाई ज्ञापनपत्र बुझाका हुन् । मधेस भवनमा मुख्यमन्त्री राउतलाई नभेटेपछि केन्द्रीय उपाध्यक्ष ई. वसस्त कुशवाहाले फोन गरेका थिए ।

आफू जनमत पार्टीको नेता र ज्ञापनपत्र बुझाउन आएको जानकारी गराउँदै गर्दा राउतले फोन काटेको कुशवाहाले बताए । त्यसपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सुरेन्द्र कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेता कुशवाहले आज सातै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको बताए । उनले एक महिनादेखि आन्दोलन गरे पनि सरकारले कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।

ज्ञापनपत्रमा किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, स्वतः बालीनाली बीमा निश्चित गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको छ ।

प्रकाशित : २०७८ माघ १२, बुधबार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ