किसान आन्दोलन : जनकपुरमा जनमतका ७ कार्यकर्ता पक्राउ


सिबेन्द्र रोहिता, जनकपुरधाम । किसान आन्दोलनका क्रममा जनकपुरमा प्रदर्शन गरेका जनमत पार्टीका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित राष्ट्रियसभा निर्वाचन अन्तर्गत भएको मतदानस्थल प्रवेश गर्न खोजेपछि पटक पटक प्रहरीसंग झडप भएको थियो ।

प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताले प्रदेश सांसद, पालिका प्रमुख र उपप्रमुख चढेको ७ वटा गाडीमा तोडफोड गरेका छन् ।

पहिले मलखाद देउ, अनी भोट खसाउ भन्दै जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरे । जनमत पार्टी विगत एक महिनादेखि किसान आन्दोलन गरिरहेको छ ।

प्रकाशित : २०७८ माघ १२, बुधबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ