राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा उर्मिला अर्याल विजयी


जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन् । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ पर्साकी उर्मिला ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धनकी रूपा यादवले २७५४ मतभार प्राप्त गरिन् । उर्मिलालाई स्थानीय तहका १५८ प्रतिनिधिले मत दिँदा ६९ प्रदेश सभा सदस्यले मत दिए ।

उर्मिला नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनबाट उमेदवारी दिएकी थिइन् । पराजित रूपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट प्रतिपक्षी गठबन्धनको उमदवार थिइन् ।

प्रकाशित : २०७८ माघ १२, बुधबार १८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ