मधेस : सिरहाका खालिद सिद्दिकी राष्ट्रियसभा सदस्यमा विजयी


सिबेन्द्र रोहिता, जनकपुरधाम । राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट खालिद सिद्दिकी पनि विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका सिद्दिकी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनी सिरहा माडरका हुन् ।

सिद्धिकीले ६ हजार ६७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले २ हजार ७६६ मतभार ल्याएका छन् ।

मधेस प्रदेशबाट माओवादीकी उर्मिला अर्याल विजयी भइसकेकी छन् । उनी पनि सत्ता गठबन्धनकी उम्मेदवार थिइन् ।

प्रकाशित : २०७८ माघ १२, बुधबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ