आज ०७८ माघ १३ गते बिहीबार, हेर्नुहोस् पञ्चाङ्ग र राशिफल


पञ्चाङ्ग : वि.सं. माघ १३, २०७८ । ई.सं. २७ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । बिहीबार माघ कृष्णपक्ष । तिथि- दशमी, २२:४५ बजे उप्रान्त एकादशी । नक्षत्र- अनुराधा, २८:१६ बजे उप्रान्त ज्येष्ठा । योग- वृद्धि, २२:३६ बजे उप्रान्त ध्रुव । करण- वणिज ११:५३ बजेदेखि भद्रा, २२:४५ बजे उप्रान्त कौलव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग आनन्द । दिनमान २६।५० । सूर्योदय ६:५५ । सूर्यास्त १७:३९ । सूर्योदयकालीन स्पस्ट ग्रहहरू ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज गरेको कार्यमा सफलता मिल्नेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार ०७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ