किसान आन्दोलन: आज बाँसको छिट्टा/डलिया जुलुस निकाल्ने तयारी


जनकपुरधाम । किसान आन्दोलन अन्तर्गत जनमत पार्टीले आज तराई/ मधेसका जिल्लाहरुमा बाँसको छिट्टा/डलिया जुलुस निकाल्ने भएको छ ।

पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज बाँसको छिट्टा/डलिया जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ । बाँसको छिट्टा/डलिया बोकेर बालीनालीको क्षतिपूर्ती दे भन्दै जुलुस निकाल्ने बताइएको छ ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि किसान आन्दोलन गरिरहेको छ ।

तर किसानको माग पुरा गर्न सरकारले चासो देखाएका छैन् । सरकार दमन गरेर आन्दोलन समाप्त पार्न खोजेको जनमत पार्टीको आरोप छ ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ