रौतहट : मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यू


रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो ।

उनीहरु सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ