किसानको माग पुरा गर्न सरकारसँग सुखिपुरका मेयर यादवको अनुरोध


जयनाथ यादव, लहान । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको किसान आन्दोलनमा समर्थन जनाएको छ ।

सुखिपुरका मेयर रामऔतार यादवले विज्ञप्ती जारी गरेर अनिश्चितकालिन किसान आन्दोलनका मागहरुमा समर्थन जनाएका हुन् । उनले किसानका मागहरु पुरा गर्न संघीय सरकार प्रदेश सरकारसँग अपिल समेत गरेका छन् ।

यस्तै आन्दोलनका क्रममा पक्राउ परेका किसानहरुको रिहाई र घाइते किसानहरुको औषधी उपचार गर्न पनि सरकारसँग मेयर यादवले माग गरेका छन् ।

विगत एक महिनादेखि जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ । तर सरकारले किसानको माग पुरा गर्नुको साटो दमन गरिरहेको छ । किसानको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनमतका नेता दिपेन्द्र यादवले बताए ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ