निजी क्षेत्रको लगानी भित्र्याउन प्रयासरत छौं : मुख्यमन्त्री राउत


राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजि क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन् । उनले निजि क्षेत्रको लगानी बिना प्रदेशको बिकास सम्भव नरहेको टिप्पणी गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको उद्योग एनले उद्योगी ब्यवसायीहरुलाइ मधेशमा लगानी सहज बनाएको उल्लेख गरे । उनले एक साता भित्रै नियमावली आउन लागेको जानकारी समेत गराए ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराए ।

नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रबालको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष अरुण प्रधान सहित विभिन्न क्षेत्रका अगुवाहरुले शुभकामना मन्तव्य राखेको थियो ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ