Breaking- सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हट्यो


काठमाडौं । भोलि शनिबारदेखि काठमाडौँ उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा प्रणाली हटाइएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ