काठमाडौंमा कृषिमन्त्री यादवको घर अगाडी प्रदर्शन, जनमतका ३ कार्यकर्ता पक्राउ


टुडेखोज, काठमाडौं । किसानको माग पुरा गर्न चासो नदेखाएको भन्दै काठमाडौंस्थित कृषिमन्त्री महेन्द्र राय यादवको घर अगाडी जनमत पार्टीका कार्यकर्ता कालोझण्डा प्रदर्शन गरेका छन् ।

कालोझण्डासहित प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमतका तीन कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरेन्द्र चौधरी, अजय चौधरी र संजय यादव रहेको जनमत पार्टीले जनाएको छ ।

विगत १ महिनादेखि किसान आन्दोलन जारी रहेपनि सरकारले माग पुरा गर्न चासो नदेखाएपछि जनमतका कार्यकर्ताहरु कृषिमन्त्री यादवको घर अगाडी प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले कृषिमन्त्री मुर्दावाद, किसानको माग पुरा गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाएका छन् ।

किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुंदे मागसहित जनमत पार्टी आन्दोलनरत छ ।

प्रकाशित : २०७८ माघ १५, शनिबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ