मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी


टुडेखोज, बारा । पार्किङ गरी राखिएको एउटा यात्रुबाहक बसमा अज्ञात समुहले आगजनी गरेको छ ।

कोल्हवी नगरपालिका ६ कुमरगढीमा पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा अज्ञात समुहले आगजनी गरेको हो । उक्त बस स्थानीय शिक्षक तेजप्रकाश चौधरीको रहेको छ ।

बसमा आगजनी कसले गरेको कुरा आफूलाई थाहा नभएको शिक्षक चौधरीले बताए । पार्किङ गरी राखिएको बस केही पर लगिएर आगो लगाइदिएको उनको भनाई छ ।

बसको सबै भाग पूर्ण रुपले जलेको छ । बाराका प्रहरी प्रवक्ता राजेश थापाले आगजनी कसले गरेको कुरा नखुलेको र आवश्य अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ