केपी ओलीलाई कारवाही गर्न प्रशासनमा उजुरी पर्यो, यस्तो छ आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै अध्यक्ष ओलीमाथि कारवाहीको मागसहित निवेदन परेको हो । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले आइतबार अध्यक्ष ओलीविरुद्ध निवेदन दिएका छन् ।

उजुरीकर्ता अधिकारीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।

‘यसरी आफु कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ’, उजुरीकर्ता अधिकारीको दावी छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ