नेपालमा कोरोनाः चार दिनमै ३२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५४० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरणअनुसार १३ हजार १४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५४० जना संक्रमित भेटिएका हुन् । त्यस्तै, विगत चार दिनको अवधिमा देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

देशका विभिन्‍न जिल्लामा भएको संक्रमितहरूको मृत्युको चार दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ । आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छ ।

हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बढ्दै गएपनि मानिसहरु सतर्कता अपनाइरहेका छैन । विज्ञहरुले कम्तिमा अनिवार्य मास्क लगाउनुपर्ने बताउँछन् ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ