बबाल फिचर भएको रेडमी नोट ११ बजारमा, मूल्य कति पर्छ ? हेर्नुस्


काठमाडौं । साओमी नेपालले रेडमी नोट सिरिजअन्तर्गत क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्लेलगायत अपग्रेड गरेर नेपाली बजारमा रेडमी नोट ११ लन्च गरेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमीमा उत्कृष्ट क्यामराका साथै फल्यागसिप लेभल ६एनएमसहितको स्न्याप्डयार्गन ६८० को प्रोसेसर रहेको छ । ५००० एमए एच ब्याट्री रहेको यो फोन सेटमा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ क्यामेरा रहेको छ ।

रेडमी नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी प्लस एमोलेड डट डिस्प्ले, फ्ल्याट एज बडी डिजाइन, डुअल सुपर लिनियर स्पिकरलगायत सुविधा छन् ।

नेपाली बजारमा रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लु उपलब्ध हुनेछ । कम्पनीले ४ देखि ६४ जीबीको सेटको मूल्य २२,९९९, ४ देखि १२८ जीबीको २४,९९९ र ६ देखि १८ जीबीसम्मको २६,९९९ रुपैयाँ मूल्य पर्ने बताएको छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ