मधेस : साथीको घरमा बेहोस् भेटिएका प्रहरीको मृत्यू !


जनकपुरधाम । मधेश प्रदेशको पर्सा जिल्लामा रहेको इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरि मृत फेला परेका छन् ।

पोखरिया नगरपालिका १ वनकटवास्थित घर बिदामा गएका प्रहरी जवान गिरि मृत फेला परेका हुन् । पर्सा प्रहरीका अनुसार शनिबार राति पोखरिया ४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरि बेहास अवस्थामा फेला परेका थिए ।

बेहोस् गिरीको उपचारका लागि अस्पतालमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार हालसम्म गिरिको मृत्युको कारण खुल्न सकेका छैन ।

घटनापछि पर्सा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ