आजको मौसम : २४ घण्टाका लागि चेतावनी- सतर्कता अपनाऔं


काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) पहाडी क्षेत्रमा आंशिक बदली रही तराईमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ । अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाको बुलेटिनअनुसार आज राति ( राति भन्नाले साँझ ६ बजेदेखि भोलि मंगलबार बिहान ६ बजेसम्मको अवधि) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ । अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ । अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मंगलबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै तथा मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ- देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित : २०७८ माघ १७, सोमबार ०६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ