वीरगञ्जमा ६५ जनाको परीक्षण गर्दा २६ मा कोरोना पुष्टि


वीरगञ्ज । वीरगञ्जमा ६५ जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालले आज बिहान सार्वजनिक गरेको रिर्पोटका अनुसार २६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा १७ जना पुरुष र ९ जना महिला रहेका छन् ।

संक्रमितहरुको उमेर समूह २२ वर्षदेखि ७० वर्षसम्म रहेका छन् । संक्रमित मध्ये पर्साका मात्रै १९ जना रहेका छन ।

यस्तै बाराका ५, रौतहट १ , सलार्ही १ र धनुषाका १ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा। उदय नारायणी सिंहले बताए ।

प्रकाशित : २०७८ माघ १७, सोमबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ