भट्टराईले भने- गठबन्धन टुट्न नदिन आलटाल नगरी एमसीसी पारित गरौं


काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

उनले सर्वसम्मतीले एमसीसी पारित गरी सत्ता गठबन्धन टुट्न नदिन सुझाएका हुन् । भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थप लेखेका छन्– देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणा सार्वजनिक भएको हो । प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गराउने पहल थालिसकेका छन् ।

सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले भने जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् ।

प्रकाशित : २०७८ माघ १७, सोमबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ