लहानबाट प्रहरीले समात्यो तस्करीको समानसहित ट्रक र चालक


जयनाथ यादव, लहान । ईलाका प्रहरी कार्यालय लहानको टोलीले १४ लाख बढीको तस्करीको समान ल्याइरहेको ट्रकसहित चालकलाई पक्राउ गरेको छ ।

तस्करीका समान, ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक र सिरहाको नवराजपुर गाउँपालिका १ का ३९ वर्षीय राम कुमार चौधरीलाई लहानबाटै प्रहरीले पक्राउ गरेको हो । भन्सार छलेर समान ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ट्रकमा कस्मेटिक र अन्य सामानहरु रहेको थियो । कस्मेटिक समान ३ लाख १५ हजार २४० रुपैयाँ र अन्य समान ११ लाख ४२ हजार १५० रुपैयाँ बराबरको रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बरामद समान, ट्रक र चालक चौधरीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको जिल्ला प्रहरी कायार्यलय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ