स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने घोषणा !


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन् ।

जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताए ।

बानियाँले सभपातिसँग चुनाव कहिले हुन्छ भनेर सोधेका थिए । जवाफ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनाव जेठ ४ गते हुन्छ । केही दिनमै मिति घोषणा गर्छु ।’

भेटमा सहभागी कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले पनि प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए । ‘हामीले चुनाव कहिले हुन्छ भनेर सोध्यौँ। उहाँले जेठ ४ गते भन्नुभएको छ’, गिरीले भने । देशसञ्चार

प्रकाशित : २०७८ माघ १८, मंगलवार १२:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ