स्वास्थ्य मन्त्रीले खाए २४ लाख खोप ! अख्तियारमा यूवा संघले दिए उजुरी


काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दायर गरेको छ ।

युवा संघका सहसंयोजक संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।

संघका संयोजक किरण पौडेलले स्वास्थ्य मन्त्रालयबाटै खोप हराउनु दुःखद भएको भन्दै मन्त्री खतिवडाविरुद्ध उजुरी गरेको बताए । उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिनागरेको आरोप लगाइएको छ ।

केही दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले नै प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक पौडेल, संघका संगठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता अख्तियार पुगेका थिए ।

प्रकाशित : २०७८ माघ १८, मंगलवार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ