सिरहा सहितका जिल्लामा भैंसी जुलुस, मधेसका मुख्यमन्त्री र कृषिमन्त्रीलाई भैंसीको संज्ञा


जयनाथ यादव, लहान । किसान आन्दोलन अन्तर्गत आज जनमत पार्टीले सिरहा सहित तराई/मधेसको जिल्लाहरुमा भैंसी जुलुस निकालेको छ ।

संघीय कृषिमन्त्री महेन्द्र राय यादव र मधेसका मुख्यमन्त्री लालबाबु राउतलाई भैंसीको संज्ञा दिंदै जनमतका कार्यकर्ता र किसानहरुले भैंसी जुलुस निकालेका हुन् । किसान आन्दोलनको एक महिना बढी भएपनि माग पुरा गर्न चासो नदेखाएकाले भैंसी जुलुस निकालेको जनमत पार्टीले जनाएको छ ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।

प्रकाशित : २०७८ माघ १८, मंगलवार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ