लोसपाको यूवा संघ नेपाल धनुषा अध्यक्षमा प्रशान्त झा


सिबेन्द्र रोहिता, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भातृ संगठन यूवा संघ नेपाल धनुषा अध्यक्षमा प्रशान्त झा मनोनित भएका छन् ।

झालाई लोसपा जिल्ला अध्यक्ष परमेश्वर साहले आज यूवा संघ धनुषा अध्यक्षमा मनोनित गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका ४ घर भएका झा यूवामाझ चर्चित छन् ।

मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका झा समाजसेवीको छवि बनाएका छन् । उनी यूवा संघ नेपालको जिल्ला अध्यक्षमा मनोनित भएमा लोसपाका नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित : २०७८ माघ १८, मंगलवार १९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ