जनकपुरमा विद्यार्थी र प्रहरीबीच झडप


जनकपुरधाम । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, निर्वाचनको मिति घोषणा गर जस्ता माग राखेर विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका हुन् । जनकपुरधामको शिव चोकमा टायर बालेर गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच समान्य झडप भएको थियो ।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले निर्वाचनको मिति घोषणा मिडिया मात्रै गरेर नहुने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनुपर्ने बताएका छन् । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो ।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित : २०७८ माघ १९, बुधबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ