डा. सीके राउतको नजरमा उपेन्द्र यादव नेतृत्वको जसपा- जहरीला साप पार्टी


जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले उपेन्द्र यादव नेतृत्वको पार्टी जसपालाई जहरीला साप पार्टी भनेका छन् ।

जसपाको पुरा नाम भने जनता समाजवादी पार्टी हो । कृषिमन्त्री महेन्द्र यादव जसपाका नेता छन् । तराई मधेसमा लामो समयदेखि किसान आन्दोलन चलिरहेको छ । सरकारलाई जनमत पार्टीले पटक पटक ज्ञापनपत्र पनि बुझाएका छन् ।

तर कृषिमन्त्री यादवले आफूलाई किसान आन्दोलनबारे जानकारी नै नभएको मिडियामार्फत अभिव्यक्ति दिएपछि डा. सीके राउतले उनको पार्टीलाई जहरीला साप पार्टी भनेका हुन् । जनमत पार्टीले उठाएको किसानको माग पुरा भएपछि तराई मधेसमा आफ्नो पार्टीको स्पेश घट्ने सोचेर कृषिमन्त्री मौनता साँधेको जनमत पार्टीका नेताहरुको आरोप छ ।

डा. राउतले सामाजिक सञ्जालमा लेखेका छन्- मधेशको किसान र आमजनताको पीडा बुझ्ने र हित चाहने कतै पनि यिनीहरूमा संवेदना नै पटक्कै देखिँदैन । बरू यिनीहरूभन्दा बढी संवदेनशील त भैंसी नै हुन्छन्, यिनीहरूभन्दा बढी उपयोगी पनि, जनतालाई दूध दिन्छन् । तर जसपाका यी कुपात्रहरू जनतालाई जहिले पनि जहरीला विष नै दिन्छन् त्यसैले त नाम पनि राख्या होलान्- जहरीला साप पार्टी (जसपा)।

राउतको पुरा स्टाटस हेर्नुस् :

प्रकाशित : २०७८ माघ २०, बिहीबार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ